जीटीए प्रमुख अनित थापाद्वारा खरसाङका फुटपाथ पसलेहरूलाई दसैँ अघि नयाँ दोकानहरू प्रबन्ध गरिदिने वचन

IMG-20240807-WA0222

खरसाङ: जीटीए प्रमुख अनित थापाद्वारा खरसाङका फुटपाथ पसलेहरूले दसैँ अघि नयाँ दोकानहरू प्रबन्ध गरिदिने वचन दिएका छन्। उनले खरसाङलाई सुन्दर अनि व्यवस्थित शहर बनाउनु हो भने हामी सबैले आ आफ्नो दायित्व निभाएको हुनुपर्छ भनी बताएका छन्। आज जीटीए प्रमुख कार्यपाल अनित थापाले अवैध दोकान पाट चलाई रहेका करीब ७० जना पसलेहरूसँग बैठक गरेका छन्। उनले भेला भएका पसलेहरूलाई सम्बोधन गर्दै भने, “एउटा पसलेलाई एउटा दोकान दिनेछु। तर पहिला पसलेहरूले फुटपाथ पसलेहरूको सूची मलाई बुझाउनु। त्यसपछि नगरपालिका सँग मिलेर ठाउँको चयन गर्नेछौ। एक ठाउँमा जमीन पाउनु सक्यौ भने असल। यदि दुई तीन जगहमा ठाउँ पायौं भने तपाईहरुलाई त्यही अनुरुप बन्दोबस्त गर्नेछौं। सूची पाएको एक सप्ताह भित्रमा काम सुरु गर्नेछौ। अहिले अस्थायी रूपमा बन्दोबस्त हुनेछ। स्थायी समाधानको निम्ति ठीक ठाउँमा दोकान नै निर्माण गर्ने छु।”
थापाले वचन दिँदै भने, “दार्जिलिङका पसलेहरूको निम्ति स्थायी समाधान निकाल्नु सक्यौं। त्यसरी नै खरसाङका पसलेहरूको निम्ति पनि स्थायी समाधान निकाल्ने छौं। सबैलाई बन्दोबस्त भए पश्चात खरसाङ बजारको फुटपाथमा एउटा पनि दोकान थाप्नु हुँदैन। खरसाङलाई सुन्दर अनि व्यवस्थित शहर बनाउँनु हो भने हामी सबैले आ आफ्नो दायित्व निभाएको हुनुपर्छ।”
उनले थप भने, “दोकान आबन्टन् गर्दा हकर्स एशोसिएसनले नै निर्णय लिनु पर्छ। दसैँ अघि हकर्सकाे समस्याको स्थायी समाधान हुनेछ। एउटा परिवारले एउटा मात्र दोकान पाउनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement