राष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङकी अनिशा तामाङलाई तेस्रो स्थान प्राप्त

IMG-20240807-WA0219

खरसाङ: खरसाङ महाविद्यालयकाे अंग्रेजी विभागमा अध्ययनरत् छात्रा अनिशा तामाङले गोवाकोे मापुशामा आयोजित पहिलो, दोस्रो अनि सिनियर मास्टर्स पुरुष अनि महिला राष्ट्रिय स्तरकोे किक् बक्सिङ च्याम्पियनशीपमा पश्चिम बङ्गाललाई प्रतिनिधित्व गर्दै तेस्रो स्थान हाँसिल गरी रजत पदक प्राप्त गरेकी छन्। जून हाम्रो पहाड़कोे निम्ति गौरवपूर्ण हो। खरसाङ महाविद्यालयकाे प्राचार्य समीर बलले अनिशा तामाङलाई बधाई दिदैं भविष्यमा राष्ट्रिय मात्रै होइन तर अन्तर्राष्ट्रिय स्तरमा पनि यसरी नै अघि बढ्दै जानु भन्दै शुभकामाना पनि दिएका छन्। यसको साथै उनको कोच बिजय राउतलाई पनि बधाई दिदैं अनिशा तामाङ खेल्नु जाँदा कलेजले आर्थिक सहयोग गरेका थिए भने कलेजकोे पक्षबाट भविष्य यसरी कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रीय खेलकुद, सांस्कृतिक अथवा कुनै पनि प्रतियोगितामा नानीहरूले प्रतिनिधित्व गरेर भाग लिन्छन् भने महाविद्यालय उनीहरूलाई आर्थिक सहयोग गरी प्रोत्साहन दिने काममा तत्पर रहने छन् भनी महाविद्यालयकोे पक्षबाट बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement