सूर्य फाउण्डेशनद्वारा बाघमारा बस्तीमा सामुहिक वृक्ष रोपणको कार्य सम्पन्न

IMG-20240807-WA0218

तीनधारे: आज सूर्य फाउण्डेशनको आयोजनामा तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा सामुहिक वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा फाउण्डेशनको जोन उप चिफ् बिनोदकुमार महतोको विशेष रूपमा उपस्थित रहेका थिए। यस अवसरमा १०० सय जति सुपारीका बिरूवाहरू बाघमारा बस्ती निवासी स्थानीय रतन तिवारीको जमीनमा रोपिएको छ। उक्त अवसरमा बोल्दै सूर्या फाउण्डेशनको जोन उप चिफ् बिनोदकुमार महतोले सुपारीको बिरूवा रोप्नले दुईवटा फाईदा पुग्ने बताएका छन्। उनले एकातिर उक्त सुपारीको बिरूवा रोप्नाले पर्यावरण संरक्षण हुने साथै निकट भविष्यमा आय स्रोतको साधन पनि बन्न सक्ने बताएका छन्। सूर्यफाण्डेसनद्वारा देशभरमा दुई बगान लगाउने योजना राखेको जानकारी योगेन्द्र छेत्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement