खेलो ईन्डिया खेलो राष्ट्रिय स्तरको “हुस्सु” प्रतियोगितामा भाग लिन विद्यार्थी खेलाड़ीहरू शिलङ प्रस्थान

IMG-20240807-WA0217

खरसाङ: खेलो ईन्डिया खेलो राष्ट्रिय स्तरीय “हुस्सु” प्रतियोगितामा भाग लिन मङपू टोली शिलङ प्रस्थान गरेका छन्। खेलो ईन्डिया खेलो राष्ट्रिय हुस्सु प्रतियोगितामा अंश ग्रहण गर्न पश्चिम बङ्गाल राज्यलाई प्रतिनिधित्व गर्दै मङपूको विभिन्न विद्यालयबाट १३ जना विद्यार्थी महिलाहरु शिलङ प्रस्थान गरेका छन्। मङपू हिल एन्जल्स एकाडमीका प्राचार्य मनोज मोक्तानको नेतृत्वमा १३ सदस्य टोली राष्ट्रिय हुस्सु प्रतियोगिता खेलमा भाग लिन मेघालयको राजधानी शिलङ प्रस्थान गरेका छन्। खेलो ईन्डिया उत्तर पूर्वी राष्ट्रिय स्तरीय हुस्सु खेल हुमेन्स लीगमा ९ अगस्त देखि १२ अगस्तसम्म शिलङमा सम्पन्न भईरहेको छ। राष्ट्रिय स्तरीय अन्तर राज्य हुस्सु खेल प्रतियोगितामा भाग लिन राज्यलाई प्रतिनिधित्व गर्दै १३ जना महिला खेलाडीहरु मङपूबाट शिलङ प्रस्थान गरेका छन्। गुड स्टार्ट एकाडमीका प्राचार्य एमके छेत्री अनि हिल एन्जल्स एकाडामीको प्राचार्य मनोज मोक्तानको अगुवाईमा हिल एन्जल्स एकाडेमी अनि सरस्वती उच्चत्तर माध्यमिक विद्यालयबाट १३ जना विद्यार्थी खेलाडीहरु मङपूबाट शिलङ प्रस्थान गरेका छन्।

About Author

Advertisement