खरसाङका दुईवटा क्षेत्रीय समाचार च्यानलको स्थापना दिवस पालन

IMG-20240807-WA0216

खरसाङ: प्रेस क्लब अफ् खरसाङको सभामा नै खरसाङको दुईवटा क्षेत्रीय न्युज च्यानलहरू नमस्ते खरसाङ अनि हाम्रो खरसाङ टेलिभिजन (एचटिभी) को पनि स्थापना दिवस पालन गरिएको छ। खरसाङ क्षेत्रमा विगत ८ वर्षदेखि समाचार साथै समाज सेवा अनि मनोरञ्जनको कार्यक्रमहरू देखाउँदै आएका दुईवटा न्युज च्यानलहरूको स्थापना २०१६ मा नै भएको थियो। यस क्रममा हाम्रो खरसाङ टेलिभिजनको स्थापना ६ अगस्त २०१६ मा अनि नमस्ते खरसाङको स्थापना ७ अगस्त २०१६ मा भएको थियो। यी दुवै च्यानलहरूको स्थापना दिवसको अवसरमा प्रेस क्लब अफ् खरसाङको पत्रकारहरूका उपस्थितिमा केक काटेर पालन गरिएको छ। यस अवसरमा हाम्रो खरसाङ टेलिभिजनक निर्देशक राजेन तामाङ र नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङलाई उपस्थित पत्रकारहरूले बधाई तथा शुभकामना दिएका थिए। यस अवसरमा दुवै न्युज च्यानलहरूलाई खरसाङका वरिष्ठ पत्रकार सञ्जय प्रधानले शुभकामना दिन्दै सुझावहरू दिएका छन्। उनले खरसाङ क्षेत्रमा दुवै च्यानलहरूले गरिरहेका कामहरूको सराहना गर्दै अझ उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement