प्रेस क्लब अफ् खरसाङद्वारा वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई अभिनन्दन

IMG-20240807-WA0202

खरसाङ: खरसाङको वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रेस क्लब अफ् खरसाङको तर्फबाट अभिनन्दन जनाइएको छ। गत १३ जुलाई २०२४ मा गोर्खाल्याण्डको क्षेत्रीय प्रशासनको तर्फबाट प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार २०२४ प्रदान गरिएको थियो। उक्त पुरस्कारको लागि वरिष्ठ पत्रकार सञ्जय प्रधानलाई प्रेस क्लब अफ् खरसाङको एक सभा गोर्खा जनपुस्ताकालय भवनमा आयोजना गरेर अभिनन्दन जनाइएको छ। प्रेस क्लब अफ् खरसाङको सभापति एंव वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमको अध्यक्षतामा सम्पन्न एक सभामा नै उनलाई खदार्पणसहित सभापतिको बाहुलीबाट अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिएको छ। उपस्थित खरसाङका पत्रकारहरूले पनि खदार्पण गरेर अभिनन्दन तथा बधाई दिइएको छ। पत्रकार सञ्जय प्रधानलाई प्रदान गरिएको अभिनन्दन पत्र पत्रकार हनोक थापाले पठन गरेका थिए। सभामा पत्रकार सञ्जय प्रधानले आफ्नो पत्रकारिता जीवनको अनुभवहरू सेयर गर्दै पत्रकारिता भनेको सत्य तथ्य अघि ल्याउनु रहेको र यो पेशा केवल प्रशंसाको लागि मात्र होइन तर जनताको आवाज भनेर काम गर्नु पर्ने बताएका छन्। उनले पत्रकारित गर्दा पत्रकारको धर्म निभाउनु पर्ने र पत्रकारिताको सीमा र परिधिभित्र रहेर काम गर्नु पर्ने सुझाव दिएका छन्। सभामा सभापति वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले आजको सभाको विषयमा र पत्रकार सञ्जय प्रधानलाई अभिनन्दन जनाइएको विषयमा आफ्नो वक्तव्य राखेका थिए। सभामा प्रेस क्लब अफ् खरसाङको विभिन्न विषयहरूमा चर्चा परिचर्चा पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement