नक्सलबारीमा अपाङ्गता पहिचान शिविर सम्पन्न

Capture5-4

नक्सलबारी: भारत सरकारको अलिम्को संस्थाको पहल र विधाननगर समाज कल्याण समाजको व्यवस्थापनमा नक्सलबारीमा अपाङ्गता पहिचान शिविर आयोजना गरिएको थियो।बुधवार युनाइटेड क्लब अफ नक्सलबारीमा आयोजित मेगा पहिचान शिविरमा सिलगढी डिभिजनको नक्सलबारी, खोरीबारी, फाँसीदेवा र माटिगडाका विशेष आवश्यकता भएका व्यक्तिहरूले भाग लिएका थिए। यस बाहेक अलिपुरद्वारका विशेष आवश्यकता भएका व्यक्तिहरू पनि शिविरमा उपस्थित थिए। शिविरमा नक्सलबारी ग्राम पञ्चायत र युनाइटेड क्लब लगायत विभिन्न स्वैच्छिक संस्थाका सदस्यहरुले सहयोग गरेका थिए। यस दिन अपाङ्गता पहिचान बाहेक आँखा परीक्षण शिविरको आयोजना गरिएको थियो। पूजापछि अपाङ्गता भएकाहरुलाई ट्राईसाइकल, ह्वीलचेयर, ब्याट्रीबाट चल्ने ह्वीलचेयर र श्रवण यन्त्र प्रदान गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement