बरापथु मिलन सङ्घ क्लबद्वारा नक आउट फुटबल टुर्नामेन्ट शुरू

IMG_20220817_182742.png

सिलगढी: बरापथु मिलन सङ्घ क्लबद्वारा नक आउट फुटबल लीग टुर्नामेन्टको आरम्भ आज बुधवारदेखि रांगापानी इलाकामा गरियो। यस वर्ष यो टुर्नामेन्ट २३औं वर्षमा प्रवेश गरेको छ। उक्त फुटबल प्रतियोगितामा मोठ ३० वटा नामी दामी टोलीले अंश ग्रहण गरेको छ। फुटबल आयोजक समिति सूत्रले दिएको जानकारी अनुसार उत्तर बंगालको केही जिल्लाका उत्कृष्ट खेलाडीहरूले पनि यस प्रतियोगितामा अंशग्रहण गर्ने गर्दछन्। उक्त प्रतियोगिता गत दुई वर्ष कोरोना महामारीको कारण बन्द गरिएको थियो। तर यस वर्ष क्लबले फेरि भव्य रूपमा फुटबल प्रतियोगिताको आयोजना गरेको छ क्लबका सचिव सुजय दासले बताए अनुसार प्रत्येक साल यहाँका मानिसहरू यस फुटबल प्रतियोगिताको पर्खाइमा रहँदछ। दुई वर्ष पछि फेरि प्रतियोगिता शुरू भएकोले खेलाडीहरूको साथै खेल प्रेमीहरू पनि धेरै खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement