चार वर्षको लामो अन्तरालपछि पानीटँकीकाे भारत-नेपाल सीमाबगाट विदेशी नागरिककाे आवतजावतमा लगाइएको प्रतिबन्ध फुकुवा

Screenshot_20240807_184142_Samsung Internet

खरीबारी: चार वर्षको लामो अन्तरालपछि नेपाल-भारत सीमा खरिबारी पानीटँकीबाट विदेशी नागरिकले प्रवेश गर्न पाउने भएका छन्। केन्द्रीय गृह मन्त्रालयको अध्यागमन कार्यालयले कोभिड–१९ को समयदेखि तेस्रो मुलुकका नागरिकलाई यात्रामा रोक लगाएको थियो। कोभिडपछि पर्यटकले समस्या भोग्दै आएका छन्। यसैबीच पर्यटन व्यवसाय र सीमा व्यापारमा व्यवसायीलाई समस्या परेको छ। अहिले नाकाबन्दी फुकुवा भएपछि सीमावर्ती व्यापारी खुसी भएका छन्। यस सम्बन्धमा पानीटङ्की व्यवसायी समितिका अध्यक्षले कोभिडपछि व्यवसायीले घाटा बेहोरेको बताए। विदेशी नागरिकले पानीटँकीको नाम बिर्सिसकेका छन्। प्रतिबन्ध फुकुवा भएसँगै पुरानो वैभव फर्किनेछ र सीमा व्यापारले गति लिनेछ। यसैबीच पर्यटन व्यवसायी सम्राट सन्यालले यो पर्यटन उद्योगका लागि खुसीको खबर भएको बताए। त्यसैगरी सीमा नाका बन्द हुँदा भारत, नेपाल, सिक्किम र भुटान जाने विदेशी पर्यटकलाई समस्या परेको छ। अब यो समस्या हुनेछैन। फलस्वरूप भारत र नेपालको पर्यटन उद्योगमा नयाँ लहर आउनेछ। यो दुबै देशका लागि खुसीको खबर हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement