कुश्तीको फाइनलमा पुग्ने पहिलो भारतीय बनिन् विनेश फोगाट

IMG-20240807-WA0124

पेरिस: विनेश फोगाट ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला पहलवान बनिन्। उनले क्यूबाकी गुजमान लोपेजलाई ५-०-ले पराजित गरी पेरिस ओलम्पिकमा महिला कुश्ती स्पर्धाको ५० किग्रा वर्गमा स्वर्ण पदक जित्ने दिशामा कदम बढ़ाइन्। यसअघि उनले ठूलो उलटफेर गर्दै अहिलेसम्म अजेय रहने वर्तमान च्याम्पियन जापानकी युई सुसाकीलाई पराजित गरेपछि युक्रेनकी ओकसाना लिवाचलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएकी थिइन्। विनेशले त्यही फर्म जारी राख्दै लोपेजलाई ५-०-ले पराजित गरी फाइनलको टिकट हासिल गरिन्। फाइनलमा विनेशको भिड़न्त अमेरिकी पहलवान सारा ऐन हिल्डेब्राण्डसँग हुनेछ। ओलम्पिकको इतिहासमा कुनै पनि ओजन वर्गको फाइनलमा पुग्ने विनेश पहिलो भारतीय महिला पहलवान हुन्। पुरुष वर्गमा सुशिल कुमार र रवि दहियासँग ओलम्पिक फाइनल खेल्ने अनुभव रहेको छ तर यी दुईले रजत पदक मात्र जित्न सकेका थिए। यसरी विनेशसँग अब देशको निम्ति कुश्तीमा पहिलो स्वर्ण पदक जित्ने मौका रहनेछ। विनेश यसअघि रियो र टोक्यो ओलम्पिकमा क्वार्टर फाइनलसम्म पुगेकी थिइन्।
जापान र युक्रेनकी पहलवानलाई पराजित गरेपछि विनेशले क्यूबाकी पहलवानलाई पनि सेमिफाइनलमा अधिक मौका दिइनन्। लोपेजले शुरुवाती राउण्डमा विनेशको खुट्टालाई पक्रिने प्रयास गरिन् तर उनले अति रक्षात्मक खेलले गर्दा भारतीय पहलवानलाई १ पोइण्टको बढ़त लिने मौका प्राप्त भयो। पहिलो राउण्डमा बढ़त हासिल गरेपछि विनेशले दोस्रो राउण्डमा आक्रामक शुरुवात गरिन् अनि प्रतिद्वन्द्वी पहलवानको दाहिने खुट्टा पक्रिएर ५-०-को बढ़त हासिल गरिन्। क्यूबाकी पहलवानले पछिबाट विनेशलाई लड़ाउने प्रयास गरे पनि उनले सफलता हासिल गर्न सकिनन्। विनेशले असाधारण रक्षणको साथ उनको प्रयासलाई विफल पारिन्। आफ्नो तेस्रो ओलम्पिक खेलिरहेकी २९ वर्षीय विनेश यी खेलहरूमा आफ्नो पहिलो स्वर्ण पदक जित्नदेखि केवल एक जीतको दूरीमा रहेकी छन्। विनेशसँग ओलम्पिकलाई छोड़ेरे अन्य सबै पदक रहेको छ। यसमा कमनवेल्थ गेम्सको स्वर्ण, एशियन गेम्सको स्वर्ण, वर्ल्ड च्याम्पियनशीपमा दुईवटा काँस्य अनि एशियन च्याम्पियनशीपको पदक पनि सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement