रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो नक्सल ग्रेफ

photocollage_202487122444873

जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नक्सल ग्रेफले सेमिफाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा मंगलवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा नक्सल ग्रेफले वरियर्स एफसी तुलसीपाड़ालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा नक्सल ग्रेफबाट प्रशान्त थापा र एलेन तामाङले गोल गरे। यसरी तुललसीपाड़ाको टीमबाट दुवै गोल राजले छिराए। विजेता टीमका गोलकीपर अजाजुल हकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र माहाबारी बिभान एमवाईबीसीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिको पक्षमा रतन लामाले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement