झापा: झापाको हल्दीवारीमा चालकलाई बेहोस बनाई स्कुटर लुटेर लगेको १४ दिनपछि स्कुटर फेला परेको छ।
हल्दिवारी-३ को वडा कार्यालय पुर्व स्थानीय देवेन्द्र कन्दन्वाको घर पश्चिम् टिक बगानमा बेवारिसे अवस्था फेला परेको वडा सदस्य अजित बिष्टले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी बताउने व्यक्तिले मेचीनगर ५ का २२ वर्षीय पुजन श्रेष्ठले चलाएको अन्जना भण्डारी श्रेष्ठको नाममा रहेको प्रदेश न.१–०१–०१५प–३४४८ नम्बरको स्कुटर हल्दिवारीको भेलागुडी जंगलमा लुटेर लगेको पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
जथथल प्रहरी चौकीले स्कुटरको स्थलगत सर्जमिन गरि स्कुटर जिल्ला प्रहरी कार्यालय झापा पठाएको जनाएको छ। स्कुटरको नम्बर प्लेट परिवर्तन गरि चलाएको र उनीहरुको समेत पहिचान गरिएको प्रहरी श्रोतले जनाएको छ।











