नयाँ दिल्ली: बंग्लादेशमा जारी राजनैतिक संकटबीच प्रदर्शनकारीहरूले बंग्लादेश क्रिकेट टीमका पूर्व कप्तान मशरफे बिन मुर्तजालाई निशाना बनाएका छन्। प्रदर्शनकारीहरूले मुर्तजाको घरमा डड़ेलो लगाइदिएका छन्। यो घटना प्रधानमन्त्री शेख हसीनाले राजीनामा दिएर सोमवार बंग्लादेश छोड़ेपछि भयो। खुलना डिवीजनमा नरैल-२ निर्वाचन क्षेत्रबाट संसद सदस्य मुर्तजाले यस सालको शुरुवातमा भएको आम चुनाउहरूको अवधि अवामी लीगका उम्मेद्वारको रूपमा लगातार दोस्रोपल्ट आफ्नो सीट जितेका थिए। उनले छात्रहरूका प्रदर्शन र सामूहिक पक्राउबीच पनि मुख खोलेका थिएनन्। यसैकारण प्रदर्शनकारीहरूले उनीलाई निशाना बनाए। बंंग्लादेशका दिग्गज क्रिकेटर मुर्तजाले आफ्नो करियरमा ३६ वटा टेस्ट, २२० वटा वनडे र ५४ वटा टी२० इण्टरनेशनल म्याच खेलेका थिए। उनले सबै प्रारूपहरूमा ११७ वटा म्याचमा राष्ट्रिय टीमको कप्तानी गरे, जुन कुनै पनि बंग्लादेशी खेलाड़ीको निम्ति सर्वाधिक हो। आफ्नो करियरमा मुर्तजाले ३९० अन्तर्राष्ट्रिय विकेट लिनको साथै २९५५ रन पनि बनाएका थिए। उनको बंग्लादेशको सफलतम कप्तान मानिन्छ।










