नाम्चीमा जलापूर्तिको निम्ति राभाङलामा मुख्य पाइपलाइनको निरीक्षण 

n6254438331722971533672d03c82bff9fccceaa2c8870018cfc2efed98009cea06ee4d433cfd4adcf0116c

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आज नाम्चीमा जलापूर्तिको निम्ति राभाङलामा मुख्य पाइपलाइनको निरीक्षण गरिन्। जिल्लापालको साथमा एडीसी सुभाष घिमिरे, एडीसी सुनील मोथे लगायत पीएचई विभाग र एनएचआईडीसीएलका अधिकारीहरू आदि उपस्थित थिए।

जिल्लापाल तामलिङले राभाङला सबडिभिजनमा एसडीएम कार्यालय भ्रमण गरिन्। उनले कार्यालयको कामकाजको समीक्षा गर्दै कर्मचारीहरूको उपस्थिति बही पनि जॉंच गरिन्। यसपछि, उनले राभाङलादेखि लेगसेपसम्म एनएचआईडीसीएलले निर्माण गरिरहेको सडक मार्गको निरीक्षण गरिन्। उनले स्थानीय मानिसहरूको गुनासो सुनेपछि समर्थनको आश्वासन दिइन्।

जिल्लापालले एनएचआईडीसीएलका महाप्रबन्धकलाई जनसाधारणको कल्याणलाई ध्यानमा राख्दै कुशलतापूर्वक काम गर्न निर्देश दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement