गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष भरत बस्नेतको अगुवाईमा आज पार्टीको एक प्रतिनिधि टोलीले सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। सीएपी सिक्किमले राज्यपाल माथुरलाई पार्टी र सिक्किमे जनताको तर्फबाट स्वागत जनाए।
यस भेट अवधि सीएपी नेताहरूले राज्यपाललाई सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरे। सीएपीले सिक्किम र राज्यवासीहरूको कल्याणको निम्ति राज्यपालसॅंग सहयोगी र उत्पादक सम्बन्धको अपेक्षा गरेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।