राब्दाङमा स्तनपान सप्ताहको समापन

IMG-20240806-WA0244

गान्तोक: राब्दाङ आईसीडीएसले ग्रामीण परियोजनाअन्तर्गत स्तनपान सप्ताह आयोजन गरियो। साङ-मार्ताम ग्राम पञ्चायत एकाई अध्यक्ष दिपा रानी छेत्रीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा आमाहरुलाई स्तनपानको महत्वबारे बताइन्। उनले स्तनपानका विभिन्न लाभहरुबारेमा चेतना जगाउने र आमाहरूलाई शिक्षित गर्न विभागको प्रयास आवश्यक बन्ने बताइन्। महिला एवं बाल विकास विभागीय अधिकारी सुनिता तामाङले आईसीडीएसको कार्यबारे बोल्दै जागरुकता कार्यक्रमलाई प्रमुखता दिनुपर्ने सल्लाह दिइन्। आईसीडीएसका उपनिर्देशक दोर्जी डोमा भोटियाले १९९२ मा शुरु भएको स्तनपान सप्ताह हरेक वर्ष पहिलो अगस्तदेखि 7 अगस्तसम्म मनाइने जानकारी गराइन्। यस वर्ष स्तनपान सप्ताहलाई आमालाई सुरक्षा र शिशुहरुलाई स्तनपान केन्द्रित रहेको थियो। स्वास्थ्य शिक्षा अधिकारी बोनिशा गुरुङले स्तनपान र यसका लाभबारे उल्लेख गर्दै यसका तथ्यहरूबारे प्रकास पारिन्। कार्यक्रमको समापन क्विज प्रतियोगिताबाट भएको थियो, जसमा विजेताहरुलाई उपहार हस्तान्तरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement