गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले आज प्रोजेक्ट स्वास्तिकका मुख्य अभियन्ता एवम ब्रिगेडियर मनोज गुप्तासँग राजभवनमा भेट गरे। भेटको क्रममा ब्रिगेडियर गुप्तले गत वर्षको चार अक्टोबरमा ल्होनार्क झील फुटेपछि सिक्किमको विभिन्न स्थानमा क्षति भएको र सिक्किममा जारी मनसुनबाट भएको क्षतिलाई सम्बोधन गर्न प्रोजेक्ट स्वस्तिकले वर्तमान स्थितिमा गरिरहेको कामबारे राज्यपाललाई जानकारी गराए। राज्यपालले सीमा सडक संगठन द्वारा गरिएको कामको प्रशंसा गरे। उनले भर्खरै सम्पन्न राज्यपालहरूको प्रतिष्ठित राष्ट्रिय सम्मेलनमा राज्य र केन्द्रीय कार्यालयबीचको समन्वयका लागि सडक र हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिएको बताए। यसले सीमानाका सडकको रणनीतिक महत्वलाई ध्यानमा राख्दै राष्ट्रिय आवश्यकतासँगै स्थानीयलाई राम्रो सेवा प्रदान गर्न सक्ने सम्भावना व्यक्त गरेका छन्।










