अनुब्रत मण्डलकी छोरीलाई भोलि उच्च अदालतमा हाजिर हुन आदेश

Kolkata-High-Court

कोलकाता: अनुब्रत मण्डलकी छोरी सुकन्या मण्डलसहित परिवारका ६ सदस्यको उपस्थिति भोलि ३ बजे हुनेभएको छ। प्राथमिक शिक्षक योग्यता परीक्षा (टिईटी) उत्तीर्ण नगरी छोरी सुकन्या मण्डलसहित ६ जनालाई प्राथमिक शिक्षकको नोकरी दिएको आरोप लागेको छ। उक्त मुद्दा बुधबार उच्च अदालतमा परेको थियो। उच्च अदालतले सम्पूर्ण विषयलाई गम्भीरताका साथ लिँदै अनुब्रत मण्डलकी छोरी सुकन्यासहित परिवारका अन्य ६ जनालाई बिहीबार दिउँसो ३ बजे टीईटीमा पास भएको प्रमाणपत्रसहित उपस्थित हुन आदेश दिएको छ। बिहीबार दिउँसो ३ बजे फेरि यस विषयमा सुनुवाइ हुनेछ। उनले टीईटी अनुत्तीर्ण भएर पनि कसरी नोकरी पायो भन्ने विषयमा भोलि सुनुवाइ हुने भएको छ। अदालतले अदालतमा हाजिर नभए कडा कारबाही गर्ने आदेश दिएको छ। ती ६ जनालाई भोलि अदालतमा हाजिर गराउन वीरभूमका प्रहरी उपरीक्षकलाई निर्देशन दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *