जीएमसीका नवनियुक्त कर्मचारीहरुलाई तथ्याङ्क संकलनबारे तालिम

IMG-20240806-WA0237

गान्तोक: गान्तोक नगर निगमअन्तर्गतको योजना तथा विकास विभागका नवनियुक्त कार्यक्रम संयोजक, पर्यवेक्षक अनि सहायकहरूका लागि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजन गरियो। स्थानमीय देउरालीस्थित सामुदायिक भवनमा कार्यक्रम आयोजन गरेको हो। विकास योजनाहरुलाई कार्यन्वयन गर्न नगर निगमले यस प्रकारको अभिमुखी कार्यक्रम आयोजन गरेको थियो। कार्यक्रममा गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले छोटो सम्बोधनमा गान्तचोक नगर निगमअन्तर्गत पनि रहेका जतिपनि विकास योजनाहरु छन् त्यसलाई सहजतासित कार्यन्वय गर्न अभिमुखी कार्यक्रम गरेको जानकारी गराए। यस प्रकारको कार्यक्रमले योजना संयोजक, समन्वयक सबैलाई सहयोग मिल्ने उल्लेख पनि मेयर छेत्रीले राखे। यसअवसरमा गान्तोक नगर निगमका उपमेयर, आयुक्त, विभिन्न वार्डका पार्षदहरु वरिष्ठ अधिकारी र कर्मचारीहरू पनि उपस्थित थिए। मुख्यगरि, नयाँ नियुक्ति भएर आएका कर्मचारीहरुलाई उनीहरूको भूमिका र जिम्मेवारीहरूबारे जानकारी गराउन साथै योजनामाथि सशक्त बनाउन कार्यक्रम आयोजन गरेको थियो। नगरपालिका आयुक्त अन्य अनम्य अधिकारीहरुले कार्यक्रममा नयाँ नियुक्त कर्मचतारीहरुबाट अपेक्षित भूमिकाबारे जानकारी गराएका थिए। योजनाअन्तर्गत नगर निगमका वार्डहरूमा राज्य सरकारको सर्वेक्षणको तथ्याङ्क संकलनबारे तालिम उपलव्ध गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement