याङगाङमा एसयूको इन्डक्सन कार्यक्रम

IMG-20240806-WA0243

गान्तोक: सिक्किम विश्वविद्यालयका उपकुलपति डा. अविनाश खरेले गत 31 जुलाईको दिन पद छोडेपछि डा. ज्योतिप्रकाश तामाङले एक अगस्तदेखि कार्यवाहक उपकुलपतिका रुपमा पदभार ग्रहण गरेका छन्। नयाँ कार्यवाहक उपकुलपतिको निर्देशमा आज भोटिया, लेप्चा, लिम्बू, नेपाली, इन्टरनेश्नल रिलेशन र राजनीतिशास्त्र विभागका नयाँ विद्यार्थीहरूका लागि समावेशीकरण कार्यक्रम आयोजना गरिएको थियो। उल्लेख्य छ, सिक्किम विश्वविद्यालयको याङगाङस्थित नयाँ क्याम्पसमा ६ वटा विभाग सञ्चालित छन्। यसबीच उपकुलपति प्रा. ज्योतिप्रकाश तामाङले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै विश्वविद्यालयले उपलब्ध गराउँदै आएको शैक्षिक तथा सहपाठ्यक्रमको सुविधाबारे बताउँदै यसबाट भरपुर फाइदा लिन प्रोत्साहित गरे। उनले विश्वविद्यालयको स्थायी क्याम्पस सञ्चालनले सम्बन्धित सबैमा खुसी ल्याएको उल्लेख गरे। कार्यक्रममा याङगाङका ६ वटा विभागका संकाय, अधिकारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमपछि उपकुलपति तामाङको अध्यक्षतामा विभागका प्रमुख र डीनहरूसँग बैठक बसेको थियो। स्मरण रहोस्, २००७ को सिक्किम विधान नीतिअन्तर्गत शुरु भएको सिक्किम विश्वविद्यालय पछिल्लो वर्षसम्म गान्तोकका विभिन्न निजी भवनहरुमा सञ्चालित थिए। विश्वविद्यालयको निजी स्थायी क्याम्पस याङयाङमा निर्माण भएको छ। यसअन्तर्गत हाल 6 विभागहरु सञ्चालित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement