मंगन: महिला एवं बाल विकास विभागअन्तर्गत महिला सशक्तिकरणको लागि जिल्ला हबले आज उत्तर सिक्किमको मुख्यालय मंगनमा लैङ्गिक संवेदनशीलता र अन्य सरकारी योजनाहरूबारे जागरूकता कार्यक्रम आयोजन गर्योत। मंगन नगर पञ्चायतको पहलमा भएको कार्यक्रमको उद्देश्य लैङ्गिक संवेदनशीलताबारेमा जागरुतकता गराउँदै महिलाहरुको सुरक्षा र सशक्तिकरण सुनिश्चित गर्नु रहेको थियो। साथै महिलाहरुको विभिन्न योजना, नीति, कानून र कार्यहरूका सम्बन्धमा महिलाहरूलाई सचेत गराउनु रहेको जानकारी नगर पञ्चायतले दिएको छ। कार्यक्रममा नगर पञ्चायतका पार्षदहरु पेमकित लेप्चा, टीटी भोटिया, महिला एवं बाल विकास विभागीय अधिकारीहरु को उपस्थिति रहेको थियो। महिला तथा बाल विकास विभागबाट आएका अधिकारीहरुले महिलाहरुको विभिन्न योजनाहरु, लैङ्गिक संवेदनशीलता र राष्ट्रिय सामाजिक सहायता कार्यक्रमबारे बताए। महिलाहरूलाई सरकारी योजनाहरूको पूर्ण लाभ लिन र यसले महिलाको जीवनमा पार्ने सकारात्मक प्रभावहरूबारेमा पनि जानकारी गराएको थियो। लैङ्गिक संवेदनशीलतमाथि स्रोतवक्ता टिकेन्द्र दाहालले प्रकास पारे। उनले सयदिने महिला लिकास कार्यक्रमको सुनिश्चितता र उद्देश्यबारे जनाए। यसलगायत आर्थिक ऋण सहायता, स्वास्थ्य लाभ सहभागिता र विकास योजनाहरूका लागि महिला हेल्पलाइन र घरेलु हिंसाबाट महिलाहरुलाई सुरक्षा सम्बन्धी कानूनहरूबारे जानकारी गराएका थिए। उनले जिल्लामा वान स्टप सेन्टरको भूमिकाबारेमा पनि जानकारी दिए र प्रत्येक महिलाले सम्मानजनक जीवन बिताउनुपर्नेमा जोड दिए। कार्यक्रमको अन्तरक्रिया सत्रमा सहभागीहरूले खुलेर भाग लिए।










