महिला सशक्तिकरण हबद्वारा सचेतना कार्यक्रम सम्पन्न

IMG-20240806-WA0239

गान्तोक: मंगन जिल्लाको महिला सशक्तिकरण हबको पहलमा लैङ्गिक संवेदनशीलता र अन्य कल्याणकारी योजनाहरूमाति एक सचेतना कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य लैङ्गिक संवेदनशीलताको बारेमा साथै महिलाको सुरक्षा र सशक्तिकरण सुनिश्चित गर्नका लागि लागू गरिएका विभिन्न योजना, नीति, कानून र कार्यहरूका सम्बन्धमा महिलाहरूलाई सचेत गराउनु रहेको थियो। कार्यक्रममा मंगन नगर पञ्चायतका पार्षद पेमकित लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महिला एवम बाल विकास विभागकी एसडब्ल्यू छोडेन भोटियाले लैङगिक संवेदनशीलताबारे शुरू गरिएको विभिन्न योजनाबारे जानकारी गराइन्। विशेष गरेर उक्त योजना नेश्नल इनोभेटिभ एसिस्सटेन्स कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। परिचयको क्रममा एसएएसवाई योजनाहरूको मापदण्ड र योग्यताबारे पनि जानकारी गराइन्। महिलाहरूलाई यी योजनाहरूको पूर्ण लाभ लिन र यसले महिलाको जीवनमा पार्ने सकारात्मक प्रभावहरूको बारेमा पनि अवगत गराइन्। सोही क्रममा टिकेन्द्र ढकालले महिला सशक्तिकरण हब र यसको उद्देश्यबारेमा जानकारी गराए। यसरी नै उनले हालै शुरू गरिएको संकल्प एक सयदिन कार्यक्रममाथि पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement