पेनल्टी शूटआउटमा जीत हासिल गरी मजुआ एफसी सेमिफाइनलमा

IMG-20240806-WA0234

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार खेलिएको रोमाञ्चक म्याचमा मजुआ फूटबल क्लबले युनाइटेड खोलाचन्द फाप्रीलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो । नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। बिहीवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लब र ३/९ गोर्खा राइफल्सबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement