सेमिफाइनलमा पुगेर पदकको आशा जगाइन् विनेश फोगाटले

IMG-20240806-WA0231

पेरिस: भारतीय पहलवान विनेश फोगाटले पेरिस ओलम्पिकमा महिलाहरूकी ५० किग्रा वर्गको कुश्तीको क्वार्टर फाइनलमा युक्रेनकी ओसाना लिवाचलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरिन्। शुरुवाती चरणमा शीर्ष वरीयता प्राप्त जापानकी युई सुसाकीलाई ३-२-ले पराजित गरी ठूलो उलटफेर गर्ने विनेशले आठौं वरीयता प्राप्त पहलवानलाई क्वार्टर फाइनलमा ७-५-ले पराजित गरिन्। उनले सेमिफाइनलमा क्यूबाकी युस्नेलिस गुजम्यान लोपेजको चुनौती स्वीकार्नेछिन्। ओसानाविरुद्ध शुरुवातमा २-०-को बढ़त हासिल गरेपछि विनेशले दोस्रो पीरियडमा पनि असल शुरुवात गर्दै ४-०-को बढ़त हासिल गरिन्। त्यसपछि ओसानाले पनि पोइण्ट्स हासिल गरी खेलमा फर्किने प्रयास गरिन् अनि विनेशको बढ़तलाई दुई पोइण्ट्स (५-३)-मा सीमित गरिन्। यसबीच विनेशले आफ्ना प्रशिक्षकलाई च्यालेञ्ज लिनु भनिन् । भीडियो रिप्ले हेरेपछि रेफरीले च्यालेञ्जलाई खारेज गरे अनि विनेशले अझ एक पोइण्ट गुमाउनु पऱ्यो। संक्षिप्त ब्रेकपछि विनेशले युक्रेनकी पहलवानलाई म्याटबाट बाहिर ठेलेर २ पोइण्ट्स हासिल गरी आफ्नो बढ़तलाई ७-४ पुऱ्याइन्। त्यसपछि ओसानाले एक पोइण्ट हासिल गरे पनि परिणाम भारतीय पहलवानको पक्षमा रह्यो। यसअघि विनेशले ४ पल्टकी विश्व च्याम्पियन तथा टोक्यो ओलम्पिकमा स्वर्ण पदक विजेता जापानकी सुसाकीलाई पराजित गरिन्। जापानकी पहलवानको अन्तर्राष्ट्रिय कुश्तीमा यो पहिलो हार हो अनि यसले पनि विनेशको सफलतालाई अझ खास बनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement