क्वालीफायरको शीर्षमा रहेर सीधै फाइनलमा पुगे नीरज चोपड़ा

IMG-20240806-WA0230

पेरिस: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले पेरिस ओलम्पिक २०२४-मा असाधारण शुरुवात गर्दै मंगलवार ग्रुप बी-को क्वालीफिकेशनमा सबैभन्दा पहिला थ्रो गर्दै आफ्नो पहिलो प्रयासमै ८९.३४ मीटरको थ्रो गरी फाइनलमा स्थान बनाए। नीरजको पहिलो प्रयास स्पर्धाको ८४ मीटरको स्वतः क्वालीफिकेशन मार्कभन्दा धेरै असल थियो। नीरज बाहेक पाकिस्तानका अरशद नदीमले पनि पहिलो प्रयासमै ८६.५९ मीटरको थ्रो गरी सीधै फाइनलमा स्थान बनाए। नीरज झैं अरशदको पनि यो सीजनको सर्वश्रेष्ठ थ्रो थियो। नीरजले ग्रुप ए अनि बी दुवैमा शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाए। नीरजले टोक्यो ओलम्पिकमा ८७.५८ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। पेरिसमा यस स्पर्धाको फाइनल ८ अगस्तमा भारतीय समयानुसार राति ११:५० बजीदेखि शुरु हुनेछ। भारतका किशोर जेना चाहिँ फाइनलको निम्ति क्वालीफाई गर्नदेखि चुके। उनी ग्रुप ए-मा ८०.७३ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ नवौं स्थानमा रहे। जेनाले आफ्नो पहिलो प्रयासमा ८०.७३ मीटर थ्रो गरे तर उनको दोस्रो प्रयास फाउल रह्यो। उनले आफ्नो तेस्रो तथा अन्तिम प्रयासमा ८०.२१ मीटर थ्रो गरे। ग्रेनाडाका एण्डरसन पीटर्सले पनि असल प्रदर्शन गर्दै पहिलो प्रयासमै फाइनलको निम्ति क्वालीफाई गरे। पीटर्सले पहिलो प्रयासमा ८८.६३-को थ्रो गरे अनि ग्रुप बी-बाट सीधै क्वालीफाई गर्ने तेस्रो एथलीट बने। नीरज अब फाइनलमा ओलम्पिकको इतिहासमा खिताब कायम राख्ने पाँचौं ज्याभलिन थ्रोअर बन्ने लक्ष्यको साथ ओर्लिनेछन्। ओलम्पिकको पुरुष ज्याभलिन थ्रो स्पर्धामा अहिलेसम्म एरिक लेमिंग (स्वीडेन, १९०८ र १९१२), जोन्नी माइरा (फिनल्याण्ड, १९२० र १९२४), नीरजका आदर्श जन जेलेञ्जी (चेक गणराज्य, १९९२ र १९९६) र आन्द्रियास टी (नर्वे, २००४ र २००८)-ले मात्र आफ्नो खिताब रक्षा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement