मंगलबारी सन्त जेभियर्स इंग्लिस स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

IMG-20240806-WA0222

गोरुबथान: सन्त जेभियर्स इग्लिस स्कुलको आयोजनामा अन्तर सदन विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो। विद्यालयको चारवटा सदन क्रमैले पेसियन सदन ,पिस सदन ,पावर सदन र प्रसपेरिटी सदनमाझ भएको अन्तर सदन हाजिरी जवाफ प्रतियोगितामा पिस सदन विजयी बनेको छ।यस हाजिरी जवाफ प्रतियोगिताको क्विज मास्टर भरतराज गुरुङ रहेको थियो। विजयी टोली तथा अन्य टोलीहरुलाई विद्यालयको तर्फबाट ट्रफी तथा सर्टिफिकेट प्रदान गरियो। विद्यालयका संस्थापक प्रेम लेप्चाले बताए अनुसार सन्त जेभियर्स इंग्लिस स्कुलले विभिन्न किसिमका कार्यक्रमहरु गरेर विद्यार्थीहरुको मानसिक विकास वृद्धि हेतु कार्य गरिरहेको छ।

ज्ञात रहोस सन्त जेभियर्स इंग्लिस स्कुल मंगलबारी बस्तीमा स्थित छ।यस विद्यालयले हालसम्म यस क्षेत्रको शैक्षिक विकासमा देन दिइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement