बंगलादेशको स्थितिमा भारतको नजर

Foreign-Minister-Jayshankar-copy

नयाँ दिल्ली: बंगलादेशमा जारी हिंसाको बीचमा सरकारले मंगलबार संसदको दुवै सदनलाई अवस्थाको बारेमा जानकारी गरायो। सो क्रममा परराष्ट्रमन्त्री एस. जयशंकरले लोकसभा र राज्यसभामा बयान दिए। उनले भारतले बंगलादेशमा अल्पसंख्यकहरुको अवस्थाको निगरानी गरिरहेको बताए। ‘हामी हाम्रा कूटनीतिक नियोगहरूमार्फत त्यहाँका भारतीय समुदायसँग सम्पर्कमा छौं’, उनले भने। छिमेकी मुलुकको यो जटिल र अस्थिर अवस्थालाई मध्यनजर गर्दै सीमा सुरक्षा बललाई सतर्क रहन निर्देशन दिइएको छ। संसदमा दिएको विज्ञप्तिमा विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणबारे सरकारको अडान पनि प्रष्ट पारेका छन्। उनले हसिनाको छोटो सूचनामा भारत भ्रमण गर्ने अनुरोधको बारेमा पनि बताए। उनले भने, ‘५ अगस्तमा कर्फ्यूको बाबजुद प्रदर्शनकारीहरू ढाकामा भेला भएका थिए। सुरक्षा निकायका प्रमुखसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने निर्णय गरेको हाम्रो बुझाइ छ। छोटो समयमै उनले केही समयका लागि भारत भ्रमणको अनुमति मागे।‘ विदेशमन्त्रीले भने, ‘हामीले बंगलादेशका अधिकारीहरूबाट उडान अनुमतिको लागि अनुरोध प्राप्त गरेका छौं।‘ यसपछि हसिना हिजो साँझ दिल्ली पुगिन्। विदेशमन्त्री जयशंकरले छिमेकी मुलुकमा १९ हजार भारतीय नागरिक रहेको अनुमान गरिएको छ जसमा करिब ९ हजार विद्यार्थी छन्। तर, अधिकांश विद्यार्थी जुलाई महिनामै भारत फर्किएका छन्।

जयशंकरले बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले ५ अगस्तमा राष्ट्रलाई सम्बोधन गरेको बताए। उनले परिस्थितिलाई सम्हाल्ने र अन्तरिम सरकार बनाउने कुरा गरे। उनले भने, ‘हामी हाम्रा कूटनीतिक नियोगहरू मार्फत बंगलादेशमा भारतीय समुदायसँग संलग्न भइरहेका छौं। भारतले अल्पसंख्यकको अवस्थालाई लिएर पनि अनुगमन गरिरहेको छ।‘ उनले बंगलादेशसँग भारतको दशकौंदेखि गहिरो सम्बन्ध रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *