मिरिकमा अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरू

IMG-20240806-WA0188

मिरिक: मिरिक स्वतन्त्रता दिवस आयाेजना समितिकाे आयाेजनामा आजदेखि मिरिक आले खेल मैदानमा अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरू भएकाे छ।उक्त फुटबल प्रतियोगिताको उदघाटन जीटीए सियाेक गाेपालधारा ओकाईटी समष्टिका सभासद धुर्ब बम्जन अनि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले संयुक्त रूपमा गरे। यस अवसरमा जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, भागाेप्रमाे सियाेक गाेपालधारा ओकेटी समष्टि अध्यक्ष समीर राई, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ, नारी शक्ति मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भोटिया, पञ्चायत सदस्यहरू आदि उपस्थित थिए। आयाेजक समितिका अध्यक्ष उमेस ताेलाङ्गी अनि खेलकूद प्रभारी निङमा लेप्चाले आज पुरूष अनि महिला वर्गकाे अन्तर विद्यालय फुटबल प्रतियोगिता भएकाे जानकारी गराउँदै मिरिक महकुमा अन्तर्गतका १६ वटा विद्यालयहरूले प्रतियोगितामा भाग लिएकाे बताएका छन्। दुवैले आज पुरूष वर्गमा मिरिक उमावि बनाम बेथ साइडा अंग्रेजी स्कूल, थर्बु उमावि बनाम साैरेनी पाइनहल एकाडेमी अनि महिला वर्गमा मिरिक उमावि पाइनहल एकाडमीमाझ भिडान्त भएकाे बताएका छन्। दुवैले प्रतियोगिताको फाइनल खेल आगमी १५ अगस्तमा हुने बताएका छन्।

उक्त दिन विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमकाे साथमा म्याराथन प्रतियोगिता पनि हुने जानकारी गराउँदै गत बटवर्ष झैं यस वर्ष पनि मिरिकमा स्वतन्त्रता दिवस पालन गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement