मिरिकलाई ड्रग्समुक्त बनाउने उद्देश्यले अब चाढै प्रत्येक वार्डमा भोलेन्टियर सेल गठन गरिने

IMG-20240806-WA0184

मिरिक: मिरिकलाई ड्रग्समुक्त बनाउने उद्देश्यले अब चाढै मिरिक नगरपालिकाको नौवटै वार्डहरूमा भोलेन्टियर शेल गठन गरिने भएको छ। यस विषयमा मिरिक नगरपालिकाको अध्यक्ष एलबी राईले आज पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भने, अब हामी नगरपालिकाको प्रत्येक वार्डमा नै भोलेन्टियर सेल तैनाथ गर्नेछौं। मिरिकलाई बचाउनका लागि साथै ड्रग्समुक्त मिरिकको निम्ति यो टिमले काम गर्नेछ। जसका लागि चाँढै एउटा कमिटी गरिनेछ अनि उनीहरूलाई आ-आफ्नो वार्डको जिम्मेवार सुम्पिइनेछ।’
उनले यस टिमलाई पुलिस प्रशासनसँग परिचय गराएपछि पुलिस प्रशासनसँग नै मिलेर कार्य गर्नेछ छ र यसका साथै उनले मिरिकलाई ड्रग्समुक्त बनाउन भोलेन्टियर सेल र पुलिस प्रशासन मात्र नसक्ने भएकोले मिरिक क्षेत्रका प्रत्येक गाउँ बस्तीमा रहेको सामाजिक संघ संस्थाहरू पनि अघि आउनु पर्ने बताएका छन्। यसका साथै मिरिक क्षेत्र सीमावर्ती क्षेत्र भएको कारण यी क्षेत्रहरूमा पनि प्रशासनले छानबीन गर्नु जरूरी रहेको राईले बताएका छन्। उनले विगत दुई वर्ष अघि भएको ड्रग्स काण्डमा मिरिकको प्रत्येक समाजहरूले जुन प्रकारले कार्य गरेको थियो त्यसलाई त्यहाँसम्म मात्र सिमित नराखेर निरन्तर अभियान चलाइरहनु पर्ने कुरोमा पनि जोर दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement