सभासद सन्दीप छेत्रीको सहयोगमा खेल मैदानको सुन्दरीकरण

IMG-20240806-WA0183

दार्जिलिङ: चुङथुङ मेरीबोङ तामसाङ समष्टिको सभासद सन्दीप छेत्रीद्वारा आफ्न समष्टीमा जेसीबी लगाएर फुटबल टुर्नामेन्टको लागि खेल मैदान मरमत्तिको लागि सहयोग गरेका छन्। प्राप्त जानकारी अनुसार मेरीबोङ राई गाउँ समाला परिवारले आगामी १५ अगस्तदेखि लाते भकुण्डो प्रतियोगिता आयोजना गर्ने भएको छ। तर मेरीबोङ खेल मैदानको अवस्था जीर्णावस्थामा रहेको थियो। उक्त खेल मैदानको जीर्णद्धार गर्नको निम्ति राई गाउँका केही युवाहरुले गुहार लगाएका थिए। युवाहरूको गुहारलाई सुन्दै सभासद सन्दीप छेत्रीले जेसीबी प्रदान गरेर खेल मैदान लेभल गर्ने कार्य गरिदिएका छन्। जसको निम्ति समाला परिवारको पक्षबाट सभासद सन्दीप छेत्रीप्रति आभार प्रकट गरेका छन्।

समला परिवारको पक्षमा सचिव लगायत पदाधिकारीहरूले सभासद सन्दीप छेत्रीलाई धन्यवाद दिन्दै हामीले मागेको सहयोग अनुसार सभासदले जेसीबी पठाएर खेल मैदानको सुन्दरीकरण गरदिएकोमा गाउँ र समला परिवारको पक्षबाट धन्यवाद दिएका छन्। सभासद सन्दीप छेत्रीले योभन्दा पहिला पनि समला परिवार र गाउँलाई पनि धेरै सहयोग गरिरहेको बताएका छन्।

About Author

Advertisement