खरसाङ: तीनधारेदेखि केही तल रहेको दुई नम्बर बस्तीमा दुई दिवसीय बेकरी प्रशिक्षण सम्पन्न भएको छ। आईभीवाई मल्टीपर्पोस को-ओपरेटिभ सोसाईटी प्राइवेट लिमिटेड तीनधारेको आयोजनामा दुई नम्बर बस्तीमा ५ र ६ अगस्तमा दुई दिवसीय बेकरी प्रशिक्षण सम्पन्न भएको छ। सोसाईटीको चेयरम्यान स्वप्नदीप थापा र सचिव ज्योति भट्टराईको पहलमा सम्पन्न दुई दिवसीय बेकरी प्रशिक्षणमा शिक्षित बेरोजगार युवाहरू र गृहणी महिलाहरूलाई सामेल गराएर आयोजना गरिएको थियो। यस प्रशिक्षणमा विभिन्न प्रकारका बन रोटीहरू, चिस बन, ब्राउन बन, डोनट, स्विस बन, बर्गर बन, अण्डा बन, वाइट बन आदि बनाउने प्रशिक्षण दिइएको थियो।

उक्त दुई दिवसीय प्रशिक्षण शिविरमा प्रशिक्षण दिनलाई कालेबुङबाट कालेबुङ को-ओपरेटिभ सोसाईटीको स्टेफन तामाङ उपस्थित रहेका थिए। उनले यस प्रशिक्षणमा सहभागी २० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएका थिए। गृःचहणीहरू र शिक्षित बेरोजगार युवाहरूलाई रोजगारको सिर्जना गराउन तथा स्वनिर्भर बनाउन आयोजना गरिएको यस प्रशिक्षण शिविरमा सबैले बेकरी प्रशिक्षण लिएका छन्।

प्रशिक्षण शिविरमा आईभीवाई मल्टीपर्पोस को-ओपरेटिभ सोसाईटी प्राइवेट लिमिटेड तीनधारेको चेयरम्यान स्वप्नदीप थापा, सचिव ज्योति भट्टराई, मुख्य सल्लाहकार प्राध्यापक प्रज्वल प्रधान लगायत बीओडी सदस्यहरू क्रमैले धिराज सार्की, प्रवास थापा, प्रनिम भट्टराई, इन्दु थापा, रिता दर्नाल साथै २० जना प्रशिक्षार्थीहरू उपस्थित रहेका थिए।









