बंगलादेशको संसद विघटन भएको छ। राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद विघटन गरेका हुन्। गएको ७ जनवरीमा भएको राष्ट्रिय निर्वाचनमार्फत बनेको १२औँ संसद विघटन गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। बंगभवनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरूसँगको छलफलपछि संसद भंग गर्ने निर्णय गरेका हुन्।’ प्रेस विज्ञप्तिमा बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष(बीएनपी) अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि बताइएको छ। यसबाहेक आरक्षण विरोधि आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने प्रक्रिया शुरु भइसकेको र धेरैलाई रिहा गरिसकिएको पनि जानकारी दिइएको छ।











