सुशन्स कराते-डो एकाडमीका खेलाड़ीहरूको असल प्रदर्शन

IMG-20240806-WA0170

कालेबुङ: कालेबुङको सुशन्स कराते-डो एकाडमीका खेलाड़ीहरूले सेइको काई कराते इण्टरनेशनलद्वारा नयाँ दिल्लीको तालकटोरा इण्डोर स्टेडियममा १-देखि ४ अगस्तसम्म आयोजित १८औं अखिल भारतीय स्वतन्त्रता कप कराते च्याम्पियनशीप २०२४-मा सफलतापूर्वक भाग लिएर ५ जना खेलाड़ीले पदक पनि जिते। यसमा रकभेल एकाडमीका सयोग गिरीले (१३ वर्ष) ५० केजी मुनिका बोइजमा रजत पदक र ३५ केजी मुनिका ११ वर्ष गर्ल्समा रकभेल एकाडमीकी प्राप्ति सुब्बाले काँस्य पदक जितिन्। यसरी सेन्ट स्टीफन्स एकाडमीका देव ठकुरीले १० वर्षमा काँस्य पदक र ३० केजी मुनिका ११ वर्षका बोइजमा मास्टर ऋत्विक बहादुरले काँस्य पदक जिते। यसरी पेदोंगको ग्रेस ईंग्लिश स्कूलका पियुष लालले पनि १२ वर्ष बोइज +५० केजीमा काँस्य पदक जिते। यो जानकारी सुशन्स कराते-डो एकाडमीका मुख्य प्रशिक्षक शिहान सुशन थापाले दिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement