पेरिस ओलम्पिकमा आफ्नै रेकर्ड तोड़ेर डुप्लाण्टिसले जिते पोल भल्टको स्वर्ण पदक

IMG-20240806-WA0167

पेरिस: स्वीडेनका आर्मण्ड डुप्लाण्टिसले आफ्नो चमत्कारी प्रदर्शन जारी राख्दै पोल भल्टमा नवौंपल्ट रेकर्ड बनाएर पेरिस ओलम्पिक खेलहरूमा स्वर्ण पदक जिते। एथलेटिक्समा दिनको प्रतियोगिताहरू समाप्त हुने समय डुप्लाण्टिसले स्टेड डी फ्रान्समा ८०,००० दर्शकहरू अघि ६.०२५ मीटरको जम्प लगाएर आफ्नै विश्व रेकर्ड तोड़्नको साथै स्वर्ण पदक जिते। ओलम्पिक खेलहरूमा यो उनको दोस्रो स्वर्ण पदक हो। लुइसियानामा जन्मिएका २४ वर्षीय डुप्लाण्टिस आफ्नी आमाको मूल देश स्वीडेनको निम्ति प्रतिस्पर्धा गर्छन्। स्वीडेनका राजा र रानी पनि डुप्लाण्टिसको प्रदर्शन हेर्न स्टेडियममा उपस्थित थिए। ओलम्पिकमा लगातार दोस्रोपल्ट स्वर्ण पदक जितेर अनि एक सेण्टिमिटरको अन्तरले नवौंपल्ट विश्व रेकर्ड तोड़ेर डुप्लाण्टिस अहिले यस खेलका महान खेलाड़ी सर्गेई बुबकाको नजिक पुगेका छन्। डुप्लाण्टिसले पोल भल्टमा धेरै विश्व रेकर्ड बनाएका छन्। उनले २०१९-मा ६.१७ मीटरको उँचाईलाई पार गरी नयाँ विश्व रेकर्ड बनाएका थिए अनि २०२०-मा यस रेकर्डलाई बढ़ाएर ८.१६ मीटर गरेका थिए। डुप्लाण्टिसले टोक्यो ओलम्पिकमा स्वीडेनको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेका थिए। उनले ६.०२ मीटरको उँचाई पार गरी यस उपलब्धिलाई हासिल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement