एक महिने गुँला पर्व आरम्भ

IMG-20240806-WA0012

झापा: यस गुंला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अर्थात काठमांडू भ्याली लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ। नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक र चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध r उनका अनुयायीहरू दिव्य प्रवचन र ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा र ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ। विशेष गरी नेवा: समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ। काठमांडूका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर र आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ। बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा र सङ्गीत र पछि पछि भक्तजनहरू हुन्छन्। काठमांडूमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement