झापा: मोरङको बेलबारी नगरपालिका वडा नं.१ सिसौली चोक स्थित पूर्वपश्चिम लोकमार्गमा सोमबार दुईवटा मोटरसाइकल जुधेर दुर्घटना भएको छ।
बेलबारीबाट बिराटचौक तर्फ जाँदै गरेको प्र. १–०४–००१ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको को. २५ प ७८८९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा को. २५ प ७८८९ नम्बरको मोटरसाइकल चालक बेलबारी ८ राधानगर बस्ने इन्द्र बहादुर कोइराला(७३ वर्ष)काे दाहिने खुट्टामा चोट लागेको छ। कोइरालालाई विराटनगरको नोबेल अस्पताल उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ।
प्र. १–०४–००१ नम्बरको मोटरसाइकल चालक पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. २ बस्ने वर्ष २१ को सन्तोष तामाङ हुन्। तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।











