राज्यसभा सांसद लेप्चाले गरे केन्द्रिय वित्त मन्त्री निर्मला सीतारणसँग भेट

n625282284172288329148411e8672037211106bd8259babd3de29defa84d56edd12ae91d430e28dede52a2

गान्तोक: राज्यसभा सांसद डीटी लेप्चाले आज केन्द्रिय वित्त मन्त्री निर्मला सीतारणसँग संसद भवनमा भेट गरे। भेटको क्रममा उनले वित्त मन्त्री सीतारमणलाई गत वर्ष बाढीले पुऱ्याएको नोक्सानीको निम्ति ३,६०० करोड़ रूपियॉं जारी गर्न अनुरोध गरे, जसको आकलन केन्द्र सरकारको टीमले गरेको थियो।
सांसद लेप्चाले राष्ट्रियय राजमार्ग १० अवरोधका कारण सिक्किम राज्यले दैनिक जीएसटी एक सय करोड क्षति झेल्नु परिरहेको जानकारी गराउॅंदै वित्तमन्त्रील यस विषयमा केन्द्रिय गृहमन्त्रीसँग छलफल गर्ने आश्वासन दिएको उनले स्मरण गराए।
यसबाहेक सिक्किमको विकास र नाथाङको भाइब्रन्ट गाउँको बारेमा सामान्य छलफल भएको सांसद लेप्चाले प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्। सांसद लेप्चाले वित्तमन्त्रीलाई सिक्किम भ्रमणमा आउन पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement