उत्तराखण्डबाट सिक्किम घुम्न आएका एक वृद्ध व्यक्तिको मृत्यु

IMG-20240629-WA0057-copy

गान्तोक: उत्तराखण्डबाट सिक्किम घुम्न आएका एक वृद्ध व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम मोहन पाल सिंह बताइएको छ। ६४ वर्षीय वृद्ध उत्तराखण्डको गोविन्दपूरा निवासी थिए। पुलिस रिपोर्ट अनुसार, मृतक आफ्ना परिवारसॅंग गत २४ जुलाईको दिन सिक्किम घुम्न आएका थिए र सात माइल, साम्दुरस्थित स्थानीय एउटा रिसोर्टमा बस्दै थिए। गत ३ अगस्त बिहान मोहन पालले अचानक सास फेर्न समस्या भइरहेको बताएपछि उनलाई तत्काल मणिपाल अस्पताल लगियो। तर, अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरिदियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement