भारतीय महिला टेबल टेनिस टीम क्वार्टर फाइनलमा

IMG-20240805-WA0288

पेरिस: मनिका बत्राको अगुवाईमा भारतले सोमवार यहाँ पेरिस ओलम्पिकको महिला टेबल टेनिस टीम स्पर्धामा आफूभन्दा उच्च ऱ्याङकिंग भएको रोमानियालाई ३-२-ले पराजित गरी कार्टर फाइनलमा स्थान पक्का गऱ्यो। आज श्रीजा अकुला र अर्चना ‘कामथले युगल म्याचमा एडिना डायकोनू र एलिजाबेटा समाराको जोड़ीलाई ११-९, १२-१०, ११-७- ले पराजित गरी भारतलाई अग्रता दिलाइन्। त्यसपछि मनिकाले आफूभन्दा असल ऱ्याङकिंग भएकी बर्नाडेट जोक्सलाई ११-५, ११-७, ११-७-ले पराजित गर्दा चौथो वरीयता प्राप्त प्रतिद्वन्द्वीविरुद्ध भारत २-० ले अघि रहन पुग्यो। त्यसपछि चाहिँ भारतले लगातार दुईवटा म्याच गुमायो। भारतलाई ११औं वरीयता दिइएको छ। दोस्रो एकलमा श्रीजालाई यूरोपेली च्याम्पियन समाराले ११-८, ४-११, ११-७, ६-११, ८-११-ले पराजित गरिन्। श्रीजाको हारपछि अर्चना र बर्नाडेटबीच म्याच भयो । म्याचमा बर्नाडेटले ११-५, ८-११, ११-७, ११-९-ले जीत हासिल गरिन्। त्यसपछि निर्णायक एकल म्याचमा मनिकाले एडिनालाई ११-५, ११-९, ११-९-ले पराजित गरी भारतलाई क्वार्टर फाइनलको टिकट दिलाइन्। कार्टर फाइनलमा भारतको भिड़न्त जर्मनी या अमेरिकासँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement