वित्तीय साक्षरतामाथि आरबीआईको त्रैमासिक समीक्षा बैठक

IMG-20240805-WA0285

गान्तोक: राज्यका विभिनन्न स्थानमा वित्तीय साक्षरता अभियानलाई रफ्तार दिँदै आएको रिजर्व ब्यांक अफ इन्डिया गान्तोकले वित्तीय साक्षरता केन्द्रहरूको लागि एक प्रशिक्षण कार्यशाला तथा त्रैमासिक समीक्षा बैठक सम्पन्न गऱ्यो। बैठकले वित्तीय साक्षरता सम्बन्धी परियोजनाबारे छलफल गर्दै आरबीआईद्वारा सिक्किममा गैरसरकारी संस्थाहरुको माध्यमबाट उपलव्ध गराएको वित्तीय साक्षरतामाथि जानकारी गराइएको थियो। बैठक आरबीआई सिक्किमका क्षेत्रीय निर्देशक थोत्ङगाम जामङको अध्यक्षतामा भएको थियो। जसमा आरबीआई गान्तोक, नाबार्ड, स्टेट लेभल बैंकर्स कमिटी, क्रिसिल फाउन्डेशन, स्टेट ब्यांक अफ् इऩ्डिया, सेन्ट्रल ब्यांक अफ इन्डिया र आरबीआई कर्मचारीहरू उपस्थित थिए। सहभागीहरुलाई सम्बोधन गर्दै थोत्ङगाम जामङले वित्तीय साक्षरतालाई सक्रिय बनाउन वित्तीय साक्षरता केन्द्रका कर्मचारीहरुको परिश्रमको प्रशंसा गर्दै कर्मचारीहरुले समाजको हितमा आफूलाई समर्पण गरेको बताए। उनले सबै कर्मचारीहरूलाई गरिब जनताको बचतलाई सुरक्षित गर्न डिजिटल ठगीबारेमा जागरुकता गराउने कुरामा जोर दिए। वित्तीय साक्षरता शिविरहरू मार्फत मानिसहरूलाई निरन्तर संलग्न गराउन डिजिटल वित्तीय सेवाहरूको विस्तार र आवश्यकतामा जोड दिए। अआगामी दिनमा जागरुकता कार्यक्रम सञ्चालन गर्न र ब्यांकहरूको सहयोगमा धेरै मानिसहरूलाई साक्षर गर्ने सल्लाह पनि नामङले दिए। कार्यशालामा एसबीआईका प्रतिनिधि सुबास लोहागुण र आरबीआईका प्रबन्धक राहुल वर्माले विभिन्न ब्यांकिङ सुविधाहरू, ब्यांकहरूमा ग्राहक सेवाहरू, गुनासो संयन्त्र र साइबर ठगी सम्बन्धीमा विस्तृत जानकारी गराए। यसबीच जागरुकताको लागि क्विज सत्र पनि आयोजना गरिएको थियो। क्रिशिल क्षेत्रीय प्रमुख दुलन बरुवाले सिक्किममा वित्तीय साक्षरता केन्द्रको स्थापनादेखि सञ्चालित कार्यक्रमबारे बताए। यसअवसरमा केन्द्रका सदस्यहरुले आफ्ना अनुभवहरु पनि राखेका थिए। आरबीआई गान्तोकका महाप्रबन्धक गोदा रविशंकरले सम्बोधनमा वित्तीय समावेशीकरण कार्यक्रमलाई अगाडि बढाउन वित्तीय साक्षरता केन्द्रहरुको भूमिका प्रशंसायोग्य भएको उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement