सांसद सुब्बाले राज्यमन्त्री टाम्टासमक्ष राखे एनएच १० स्थायी समाधानको माग

IMG-20240805-WA0283

गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रीय सडक यातायात एवं राजमार्ग राज्यमन्त्री अजय टाम्टासित भेट गरेर सिक्किमलाई भारतको बाँकी भागसँग जोड्ने राष्ट्रिय राजमार्ग १० को अवस्थाबारे जावनकारी गराए। दिल्लीस्थित यातायात भवनमा भएको उक्त भेटमा सांसद सुब्बाले राजमार्गको गम्भीर अवस्थाबारे एक ज्ञापन पनि दिए। सांसद सुब्बाले राज्यमन्त्री टाम्टासमक्ष सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्गको मरम्मती साथै स्थायी समाधानको लागि ध्यान दिनुपर्ने अनुरोध गरे। यसका साथै राष्ट्रिय राजमार्ग १० को वैकल्पिक मार्ग विषयबारे पनि जानकारी गराए। मुख्यगरि, सिलगढ़देखि गान्तोकलाई जोड़ने बाग्राकोट, डामडिङ वैकल्पिक सड़क मार्गको दुरी लामो भएकोले त्यसबाट धेरै समस्या उत्पन्न हुन गएको उल्लेख गरे। लोकसभा सांसदले राष्ट्रिय राजमार्ग १० छोटो मार्ग मात्र होइन तर यात्राको लागि व्यावहारिक र उपयुक्त विकल्प हो भन्दै यसको रणनीतिक महत्व साथै राष्ट्रिय सुरक्षाका लागि पनि महत्वपूर्ण रहेको जानकारी राज्यमन्त्री टाम्टालाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement