रोमाञ्चक जीतको साथ बीरगञ्ज युनाइटेड क्वार्टर फाइनलमा

IMG-20240805-WA0280

पाक्योंग: पाक्योंग स्पोर्टिंग क्लबको सहयोगमा पाक्योंग प्रोग्रेसिभ युथस-द्वारा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बीरगञ्ज युनाइटेड (नेपाल)-ले क्वार्टर फाइनलमा स्थान बनायो। पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा सोमवार खेलिएको म्याचमा बीरगञ्ज युनाइटेडले हिमालयन स्पोर्टिंग क्लब, गान्तोकलाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। मंगलवार खेलिने म्याचमा सिक्किम ड्रेगन र ब्रदरहूड फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १३ वटा टीमलाई प्रवेश दिइएको छ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement