काँस्य पदकको म्याचमा लक्ष्यको हार

IMG-20240805-WA0279

पेरिस: भारतीय ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले शुरुवाती गेम जितेर पनि पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने मौका गुमाए। लक्ष्यको हारसँगै पेरिसमा भारतीय ब्याडमिण्टन खेलाड़ीहरूका चुनौती समाप्त भयो। सोमवार पुरुष एकलमा काँस्य पदकको म्याचमा विश्वका २२औं नम्बरका खेलाड़ी लक्ष्यलाई मलेशियाका सातौं वरीयता प्राप्त ली जी जियाले १३- २१, २१-१६, २१-११-ले पराजित गरे। म्याचमा लक्ष्यको शुरुवात चाहिँ असल रहेको थियो। उनले पहिलो गेम २१-१३-ले जिते। दोस्रो गेममा चाहिँ ली जियाले असाधारण पुनरागमन गर्दा भारतीय शट्लरले गल्तीहरू गर्न थाले। यस अवधि लक्ष्यले धेरै अनफोर्ड एरर गरे अनि मलेशियाई खेलाड़ीलाई लगातार स्म्याश लगाउने मौका दिए। यसको फाइदा उठाउँदै ली जियाले लगातार दुई गेम जितेर काँस्य पदक हासिल गरे। यसअघि लक्ष्य सेमिफाइनलमा डेनमार्कका दिग्गज खेलाड़ी भिक्टर एक्सेलसनविरुद्ध पराजित भएर स्वर्ण पदकको होड़बाट बाहिर भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement