कोलकाता: राज्यपाल डा. सी भी आनन्द बोस विरुद्ध यौन उत्पीडनको पुलिसमा उजुरी दर्ता गर्ने कोलकातास्थित राजभवनको एक पूर्व अस्थायी कर्मचारीले शनिबार अधिकारीहरूलाई अपील गर्दै उनको कार्यालयको लकरबाट कागजातहरू संकलन गर्न अनुमति मागेकी छिन्। समाचारअनुसार राज्यभवनको सञ्चार कार्यालयमा महिलाले निवेदन दिएको राजभवनका आन्तरिक स्रोतले बताए। उनले आफ्नो सेवाको क्रममा राजभवन स्टाफ क्वार्टरबाट आफ्नो व्यक्तिगत सामानहरू संकलन गरिसकेको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यम,को समाचारमा उलेख छ। अहिले उनले आफूलाई छुट्याएको अफिसको लकरमा रहेका कागजपत्रहरु संकलन गर्ने नयाँ प्रयास गरेका छन्। पूर्व कर्मचारीलाई राजभवन परिसरमा प्रवेश दिने वा नदिने भन्ने निर्णय भइसकेको स्रोतले बताएको छ।











