१७ अगस्तः ब्राजील र अर्जेण्टिनाबीच विश्व कप क्वालीफायरको निलम्बित म्याच अब हुनेछैन। दुवै देशका फूटबल संघले म्याच रद्द गर्न फीफासँग सम्झौता गरेपछि यस्तो घोषणा गरिएको छ। क्वालीफायर म्याच नखेलेकोमा जरिमाना तिर्न दुवै देश राजी भएको छ। गत सेप्टेम्बर महिना यो म्याच शुरु भएको केही मिनटभित्रै रोकिएको थियो। अर्जेण्टिनाका चारजना खेलाड़ीले कोरोना प्रोटोकल तोड़ेका हुनाले ब्राजीलका स्वास्थ्य अधिकारीहरू मैदानमा पसेका थिए। फीफा-ले त्यस म्याचलाई आउँदो महिना गराउने योजना बनाएको थियो तर ब्राजील र अर्जेण्टिनाले कतरमा हुने विश्व कपको निम्ति अगावै क्वालीफाई गरिसकेको हुनाले म्याच केवल औपचारिकता बनेको थियो। खेलाड़ीहरूका चोट र निलम्बनको आशंकालाई ध्यानमा राखेर दुवै देशका प्रशिक्षकहरू म्याच नखेल्न सहमत भए।