सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको कानून विभाग बार काउन्सिलको स्वीकृति बिना चलिरहेको हुनाले आज विद्यार्थीहरुले आन्दोलन गरेका छन्। २०११ देखि अहिलेसम्म कानून बिना स्वीकृति चलिरहेको हुनाले बार काउन्सिलको स्वीकृतिको माग गर्दै सोमबार आन्दोलनमा उत्रिएका हुन्। भर्खरै उत्तर बंगाल विश्वविद्यालयको कानून विभागका एक विद्यार्थी बिहार बार काउन्सिलमा भर्ना हुन खोज्दा फसेका थिए। बार काउन्सिलको स्वीकृति बिना विश्वविद्यालय सञ्चालन गरेको भन्दै विद्यार्थीले जलपाईगुडी सर्किट बेन्चमा मुद्दा दायर गरे। यसैबीच विश्वविद्यालयको यस्तो रवैयाप्रति कानून विभागका विद्यार्थीले आक्रोश व्यक्त गरेका छन्। विश्वविद्यालयले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको उनीहरूको गुनासो छ। यहाँ उत्तर बंगालका गरिब परिवारका विद्यार्थीहरू पढ्दै आएका छन् र विश्वविद्यालय बिना अनुमति आफै चलिरहेको छ। यस दिन बार काउन्सिल अफ इण्डियाको स्वीकृतिको माग गर्दै कानून विभागका विद्यार्थीले विश्वविद्यालयको प्रशासनिक भवन र रजिस्ट्रारलाई घेराव।











