हर्ली मेमोरियल कपःभाह तकभर एफसी र हिमालश्री एथलेटिक क्लब क्वार्टर फाइनलमा

photocollage_2024852058992

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा भाह तकभर एफसी र हिमालश्री एथलेटिक क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको पहिलो म्याचमा भाह तकभर एफसी-ले कालेबुङ पुलिसलाई ३-२-ले पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि शुरुमै २ गोल खाएपछि भाह तकभर फूटबल क्लबले अन्तिम समयमा लगातार ३ गोल गरी म्याच जित्यो। विजेता टीमबाट लाक्पा तामाङले ८०औं र ८१औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल रिन्छेन तामाङले ८३औं मिनटमा गरे। यसरी कालेबुङ पुलिसबाट बिकास सुब्बाले ३६औं र रोहन तामाङले ३७औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा कालेबुङको हिमालश्री एथलेटिक क्लबले सेण्ट जोसेफ्स कलेजलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट छो छिरिंग लेप्चाले आठौं र ७६औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य दुईवटा गोल रेशब तामाङ र प्रेम लेप्चाले गरे। यसरी सेण्ट जोसेफ्स कलेजबाट एकमात्र गोल गणेश लिम्बुले ६५औं मिनटमा गरे। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement