सिलगढी: नक्सलबारीको शान्तिनगरमा एक अपरिचित व्यक्तिको शव भेटिएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। सोमबार शान्तिनगरको सर्भिस रोडको फुटपाथमा एक व्यक्तिको शव स्थानीयले देखेका थिए। सूचना पाएलगत्तै नक्सलबारी थानाको पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। हृदयघातका कारण उनको मृत्यु भएको पुलिसको प्रारम्भिक अनुमान छ, तर मृत्युको यकिन विवरण पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुनेछ। पुलिसले मृतकको पहिचानको प्रयास गरिरहेको छ।











