सिलगढी: बृहत्तर ई-रिक्शा संगठनले सिलगढीका मुख्य सडकहरूमा नम्बरविहीन टोटोहरूमाथि प्रतिबन्ध लगाएको विरोधमा टोटो हडताल आह्वान गरेको छ। सोमबार सिलगढीको फुलेश्वरी मोड क्षेत्रमा टोटो चालकहरूले विरोध प्रदर्शन गरे। शहरका मुख्य सडकमा टोटो चलाउन दिनुपर्ने उनीहरूको माग छ। प्रशासनले आफ्नो निर्णय परिवर्तन गरोस्, नत्र आगामी दिनमा ठूलै आन्दोलन गर्ने बृहत्तर ई–रिक्सा संगठनको चेतावनी दिएको छ। आज टोटो चालकको विरोधका कारण उक्त क्षेत्रमा चर्को सनसनी मच्चियो। टोटो चालकहरूले फुलेश्वरी चौराहमा मात्र नभई सिलगढीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरे।











