कालिम्पोङ स्पोर्टस एसोसिएसन (के एस ए)द्वारा कराते खेलाडीहरुलाई सम्वर्द्धना

IMG-20220817-WA0153.jpg

गोरुबथान (निस)::नयाँ दिल्लीमा समपन्न भएको अल इन्डिया इन्डिपेन्डेन्स कप कराते च्याम्पियनसिप २०२२मा जिटिए क्षेत्रलाई प्रतिनिधित्व गरेर कालिम्पोङ्गबाट सुसनस कराते डु एसोसिएसनबाट ८ जना खेलाडीहरुले भाग लिएका थिए।यस प्रतियोगितामा प्रनाम खालिङले स्वर्ण पदक प्राप्त गरे।यसै गरी अनिमेस राईले सिल्भर मेडल प्राप्त गरेको थियो।उनीहरुलाई कालिम्पोङमा कालिम्पोङ स्पोर्टस एसोसिएसनले सम्मान जनाएका छन्।

कालिम्पोङ विधानसभाका विधायक रुदेन सादा लेप्चाको बाहुलीबाट खदा लगाई सम्मान पत्र प्रदान गरे ।यो जानकारी सुसनस कराते डु एकाडेमीका संस्थापक सुसन थापाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement